आईफोन १६ आज लञ्च हुँदै, यी हुन् थपिएका नयाँ फिचर्स

लोकपथ
1.2k
Shares

काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले आज क्यालिफोर्नियाको क्युपर्टिनोमा आईफोन १६ लञ्च गर्ने तयारी गरेको छ । एप्पलले आईफोन १६ आईओएस १८ सहित लञ्च गर्न लागेको हो । यसलाई एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट मानिएको छ ।

आईफोन १६ एप्पलका सह–संस्थापक स्टिभ जब्सको नाममा राखिएको हो । स्टिभले सन् २००७ मा पहिलो आईफोन लञ्च गरेका थिए ।

आईफोन १६ मा महत्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ । एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा एप्पल इन्टेलिजेन्स फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो ।

आईफोन १६ मा अपग्रेड हुन लागेको सबैभन्दा ठूलो परिवर्तन भनेको आईओएस १८ हो । आईओएस १८ मा एआई फिचर्सहरु पनि रहने छन् । एआई जेनेरेटिभ फिचर्सले प्रयोगकर्ताका लागि कन्टेन्ट समराइज र ट्रान्सलेट गर्नेछ ।

कम्पनीले आईफोन १६ प्रोको स्क्रिन ६.३ इन्च र आईफोन १६ प्रो म्याक्सको स्क्रिन ६.९ इन्चसम्म बढाउन सक्ने जनाइएको छ ।

नन–प्रो मोडल आईफोन १६ र आईफोनमा प्लसमा क्यामेरा रिडिजाइनिङ गरिने सम्भावना रहेको छ । तर यी मोडलहरुको आकार एउटै हुनुका साथै ६० एचजेट डिस्प्ले हुने जनाइएको छ ।

कम्पनीले भिडियो रेकर्डिङका लागि नयाँ क्याप्चर बटन पनि राख्ने भएको छ । यो बटन पावर बटनभन्दा केही तल हुनेछ । आईफोन १६ प्रो र प्रो म्याक्सले वाइफाई ७ सर्पोट गर्नेछन् । यसले २.४,५ र ६ गेगाहर्ज ब्यान्डमा डेटा प्राप्त गर्न र पाउन सहयोग गर्नेछ । यसका साथै यसले वाइफाइ कनेक्सन तीव्र बनाउन सहयोग गर्नेछ ।
नयाँ आईफोन १६ को लाइनअपमा ब्याट्रीको प्रविधि परिवर्तन गरिने र यसले ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । यसका साथै ब्याट्रीको चार्जिङ स्पीड पनि बढाइने छ ।

आईफोन १६ मा डुअल क्यामेरा सेटअप गरिनेछ । तर प्रो मोडलहरुमा भने तीनवटा क्यामेरा हुनेछ । प्रो मोडलमा नयाँ ४८ एमपी अल्ट्रावाइड सेन्सर देख्न सकिनेछ । जुन अहिलेको १२ एमपी सुटरको अपग्रेड हुनेछ ।

यस्तै आईफोन १६ प्रो म्याक्समा सुधारिएको ८ भाग भएको हाईब्रिड लेन्स पनि प्रदान गरिने सम्भावना रहेको छ । जसले कम लाइट र रात्रिसमयमा पनि गुणस्तरिय फोटो खिच्ने सहयोग गर्नेछ । आईफोन १६ प्रोमा आईफोन १५ प्रो म्याक्समा रहेको फाइभएक्स टेलिफोटो प्रदान गरिने सम्भावना समेत रहेको मिडिया रिपोर्टमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?