काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूमाथि ढुंगामुढा भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सर्लाहीको धनकौल गाउँपालिका–२ म आफूँ जाँदा आफूमाथि कांग्रेसका कार्यकर्ताहरुले ढुंगामुढा गरेको आरोप लगाए ।
देशमा गणतन्त्र आए पनि सो पालिकामा अहिले पनि राजतन्त्र जस्तो अवस्था रहेको टिप्पणी गरे ।
‘सर्लाहीको धनौकल गाउँपालिका वडा नं २ मा अहिले पनि राजतन्त्र छ । गत भदौ १८ गतेको घटना हो । म त्यहाँ एक जना सुभचिन्तककोमा खाना खान जाँदाखेरी नेपाली कांग्रेसको वडा सभापतिका छोरा र भाई, गाउँपालिका अध्यक्षको छोरा भाईले ममाथि ढुंगामुढा गरेका छन् त्यसको भिडियो पनि मसँग छ,’ उनले भने ।
त्यस्तै कांग्रेसका संस्थापक वीपी कोइरालाको नाम लिए पनि व्यवहारले कांग्रेसले विचारको खिल्ली उडाएको भन्दै कटाक्ष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया