ज्ञानेन्द्र शाहीको आरोप- प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन्

लोकपथ
105
Shares

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् ।

उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा.सन्दुक रूइत जानुभयो । हामी गयौँ । लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’

उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए । उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।

उनले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ संगठलाई सम्हाल्न समेत चुनौती दिए । उनले कांग्रेस–एमालेलाई विद्यार्थी संगठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?