काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि नियोजित ढंगले सहकारी ठगीको आरोप लगाइएको बताएका छन् ।
ललितपुरमा रहेको मितेरी सहकारीको करोडौ रकम गुरुङ र धनराजकी पूर्व पत्नी ज्योती गुरुङ मिलेर ठगी गरेको चर्चा चलेपछि विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
त्यस्तै उनले आफू र ज्योती २०७६ सालमा नै सम्बन्ध बिच्छेद गरेर बसेका कारण सहकारीको हरहिवास आफूलाई थाहा नहुने समेत बताए ।
‘सम्प्रेषित समाचारका सम्बन्धमा तत्कालीन मेरी श्रीमती ज्योती गुरुङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रुपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाव लगायत अपचलनका बारेमा मलाई जानकारी हुने विषय भएन,’ उनले भनेका छन्, ‘जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्ने बारेमा जे जस्ता भ्रामक समाचारहरु सम्प्रेषित भएका छन् त्यसप्रति मेरो गम्भीर आपत्ति छ । साथै निज ज्योती जीसँग २०७६ साल फागुन २९ गते जिम्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नरहेको समेत जानकारी गराउन चाहान्छु ।’
पूर्वमन्त्री समेत रहेका गुरुङले उक्त सहकारी ठगी प्रकरणको छानबिनको माग समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया