कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

लोकपथ
63
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टिम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिंङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैकंले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?