रास्वपालाई कांग्रेस सांसदको व्यंग्य : प्रतिपक्षमा गएपछि ब्रम्ह वाक्य कहाँबाट आयो ?

लोकपथ
350
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यंग्य गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तापक्षमा हुँदा नबोल्ने तर प्रतिपक्षमा पुगेपछि ब्रम्हवाक्य खुल्ने भन्दै व्यंग्य गरे ।

‘सरकारमा गएपछि देख्न पनि देखिँदो रहनेछन्, सुन्दा पनि सुनिँदो रहेनछ । सरकार छाड्ने बित्तिकै त ब्रम्हवाक्य आउँदो रहेछ । ब्रम्ह चक्षु खुल्दो रहेछ, बढा अचम्मको ख यो सरकार,’ उनले भने ।

त्यस्तै उनले सांसदहरुले सदनमा उठाएका विषयहरुमाथि सरकारले ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

आफ्नो जिल्ला बर्दियामा बाढीपीडितहरुले अझै राहत नपाएको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?