संसद्मा धनराजले भने– ‘मेरो बारेमा छानबिन गरियोस्, म जुनसुकै सहयोग गर्न तयार छु’

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभामुख धनराज गुरुङले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न चुनौती दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले आफूमाथि आरोप लगाउनेहरुले त्यसबारे स्पष्टीकरण दिने मौका दिएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

उनले आफूमाथि सो विषयमा छानबिन गरेर लागेको आरोपबारे स्पष्ट पार्ने मौका दिन गृहमन्त्रीलाई आग्रह समेत गरे ।

‘यदी यस विषय (सहकारी ठगी) मा म माथि पनि कुनै आशंका छ भने छानबिन गरियोस् । म सम्माननीय सभामुखमार्फत् गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, ममाथि कुनै शंका लागेमा छानबिन गरियोस्, म सहयोग गर्न तयार छु,’ उनले भने ।

त्यस्तै सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाउने अन्तिम समयमा विषयलाई अन्तै मोड्नका लागि प्रपञ्च रचिएको भन्दै त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।

ललितपुरमा रहेको मितेरी सहकारीको प्रबन्ध निर्देशक रहेकी ज्योती गुरुङसँग धनराजको २०७६ सालमा नै सम्बन्ध बिच्छेद भइसकेको छ । धनराजले ज्योतीसँग मिलेर करिब १५ करोड ठगी गरेको आरोप उनीमाथि लाइएको छ । तर धनराजले भने सोही सहकारी र त्यसका अध्यक्षको कारण आफ्नो सम्बन्ध बिच्छेद भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?