बुद्ध एयरको एटीआर : जसले अठार लाखलाई सेवा दिएर बिदा भयो

लोकपथ
1.9k
Shares

काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुई वटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो ।

उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौँ जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी बिदाइ गर्न लागेको संसारमै आज पहिलो पटक हो ।

आजको बिदाइ कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?