इजरायली हमलामा ४० जनाको मृत्यु

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मंगलबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु भएको छ भने  ६० जना घाइते भएका छन् । इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको हो  ।

यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर अपरेसन जारी गरेको छ । जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजामा लडाकु समूहले तोकिएको मानवतावादी क्षेत्रसहित नागरिक र मानवीय पूर्वाधारको व्यापक दुरुपयोग गरेको जनाइएको छ । हमासले विज्ञप्ति मार्फत आफ्ना लडाकुहरू आक्रमण स्थलमा उपस्थित नभएको दाबी गरेको छ ।

युद्धको क्रममा, इजरायलले हमासलाई बारम्बार सर्वसाधारणको नरसंहार गरेको आरोप लगाएको छ भने हमासले आरोपको अस्वीकार गरेको छ ।

गाजा आक्रमणमा हालसम्म कम्तीमा ४० हजार ९८८ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकांश जनसंख्या विस्थापित भएको जनाएको छ ।

अमेरिका, कतार र इजिप्टले इजरायल र हमासबीच युद्धविराम र बन्धक–कैदी आदानप्रदान सम्झौता गर्ने प्रयासमा मध्यस्थता गरिरहेका छन् यद्देपी हाल वार्ता रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?