काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन् । सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झँदै उनले यस्तो बताएका हुन् ।
‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरु आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
त्यस्तै आज नेम्वाङको स्मृतीमा आज १२ः१५ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा माल्र्यापण समारोह राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया