वाइफाइको रिचार्ज सकिएको विषयमा झगडा हुँदा श्रीमतीको हत्या, दुई छोरी घाइते

लोकपथ
1.1k
Shares

बारा । वाइफाइको रिचार्ज सकिएको विषयमा घर झगडा हुँदा बारामा एक महिलाको मृत्यु भएको छ ।

झगडा छुट्याउन गएका दुई छोरी पनि घाइते भएका छन् । घाइते एक छोरीको अवस्था गम्भीर छ । निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, आमा लक्ष्मीलाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । उनीहरुमध्ये जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

उनले भने, ‘चार दिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको रहेछ । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि विवादले उग्ररुप लिएको देखिएको छ । सोही क्रममा विमलले श्रीमतीमाथि जथाभावी खुकुरी प्रहार गरेको खुलेको छ । त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएका छन् ।’ श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?