काठमाडौं । ज्योति विकास बैंक लिमिटेडे र इन इखडोल फिटनेस एण्ड रिक्रिएसन सेन्टर प्रा.लि बीच सम्झौता भएको छ ।
बैंकका ग्राहकहरूलाई फिटनेस तथा रिक्रिएसन सेन्टरमा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीएसन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ । उक्त स्विमिङ पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया