सुनसरीबाट २३५ किलो गाँजासहितको गाडी नियन्त्रणमा

लोकपथ
63
Shares

काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरीले आज बुधबार २ सय ३५ किलो गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाइ छिपाइ राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागुऔषध गाँजा बोर्डर आउट पोष्ट (बीओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा सो गाडी नजिकैको खेतमा फसेको थियो । त्यसपछि चालक फरार भएका थिए ।

बरामद गाँजा र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यलयका सह प्रवक्ता एवं सूचना शाखा प्रमुख डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?