‘सक्कली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदा चाँही देशको शिर झुकेन ?’

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरको बचाउ गरेको छ ।

अहिले सत्तारुढ दलहरुले उपसभामुख रानालाई हटाउने तयारी गरेसँगै संसद्मा रास्वपाले उनको बचाउ गरेको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले उपसभामुख प्रकरणले देशको शिर झुकेको भन्ने दलहरुलाई यसअघिको विभिन्न प्रकरणहरुबारे ध्यानार्षण गराए ।

उपसभामुखले २१ महिना अघि प्रतिनिधिसभाको लेटरहेड प्रयोग गरी बाह्य मान्छेहरुलाई अमेरिका लैजान भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र सार्वजनिक भएपछि संसद्मा आवाज उठेको थियो तर केही महिना सेलाएको विषयमा सत्तारुढ दलहरुले सतहमा ल्याएर उनको राजीनामा मागिरहेका छन् । आज बसेको कांग्रेसको शीर्ष नेताहरुको बैठकले उपसभामुखको पत्रले देशको शीर झुकेको भन्दै मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

सोही विषयमा आक्रोश व्यक्त गर्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानेदेखि मन्त्रीले नै सरकारी जग्गा हडपेको विषयले चाँही देशको शिर झुकेन भन्दै प्रश्न गरे । त्यस्तै उक्त पत्रलाई बार्गेनिङको रुपमा लिन थालिएको बताए ।

‘…नेपाली कांग्रेसको अभिव्यक्ति आयो की नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालीको शिर त्यो बेला किन झुकेन ? जुन बेला जीवित नेपालीलाई नै विदेशी शरणार्थी भनेर पठाइयो । त्यो बेलामा शिर झुकेन ? नेपालको शिर त्यो बेला किन झुकेन, जब एउटा मन्त्रीले सरकारी जग्गा हड्पेर तिर्नुपर्ने कर नतिरेर आनाकानी गरिराछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?