निरन्तर ओरालो यात्रामा नेप्से, २२ अंकले बजार घट्दा कारोबार पनि घट्यो

लोकपथ
70
Shares

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावटले आज पनि निरन्तरता पाएको छ ।

केही दिनदेखि शेयर बजारमा गिरावट आइरहेको छ । यसअघि मंगलबार १३ अंकले घटेको शेयर बजार आज २२ दशमलव ७३ अंकले गिरावट आएको नेप्सेले जनाएको छ । आज बजार शून्य दशमलव ८६ प्रतिशतले घट्दा २ हजार ६ सय १० बिन्दुमा बजार रोकिएको हो ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कुल ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन शेयर बजारमा १३ दशमलव ९ अंकको गिरावट आउँदै बजार २ हजार ६ सय ३२ दशमलव ९४ बिन्दुमा रोकिएको थियो ।

हिजो कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको हो ।

आज कारोबारमा आएकामध्ये ६५ कम्पनीको शेयर मूल्य बढेको छ, १७५ कम्पनीको शेयर मूल्य घट्दा ४ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज वीन नेपाल लघुवित्त, थ्री स्टार हाइड्रोपावर, समाज लघुवित्त, कालिका लघुवित्त लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । साथै एशियन हाइड्रोवापर लिमिटेड, कर्पोरेट डेभलबमेन्ट, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?