सहकारी ठगी प्रकरण : छानबिन समितिले गर्यो विभिन्न व्यक्तिहरुसँग छलफल

लोकपथ
21
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन विशेष समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरेको छ ।

आज समितिले सिंहदरबारमा अध्यागमन विभागका पूर्व महानिर्देशन तथा सहकारी विभागका पूर्व रजिस्टार झलकराम अधिकारी, पूर्व रजिस्टार नवराज घिमिरे, बागमती प्रदेश सहकारी विभागका पूर्व रजिस्टार विक्रमप्रसाद पाण्डेय लगायतसँग छलफल गरेको हो ।

आजको बैठकमा सहकारी ठगी प्रकरणको छानबिन लगायत अनुभव आदानप्रदानका विषयमा छलफल भएको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

गत जेठ १५ गते गठित उक्त समितिले यसअघि नै विभिन्न व्यक्तिहरुसँग छलफल गरिसकेको छ । आजको छलफलका लागि समितिको ५८औँ बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?