काठमाडौं उपत्यका बाहिर नजान सांसदहरुलाई कांग्रेसको निर्देशन

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरुलाई पत्र पठाउँदै काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएका हुन् ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी सत्तारुढ दलको रहेको छ । जसकारण सांसदहरुलाई बाहिर नजान कांग्रेसले भनेको हो ।

सोमबार बसेको सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउन तयारी गरेको थियो । त्यससँगै सत्तारुढ दलका शीर्ष नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?