मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल हुने

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?