५ महिनादेखि चिकित्सक बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

लोकपथ
70
Shares

जलेश्वर । भंगाहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।

काठमाडौंमा बस्दै आएका चिकित्सक कामको सिलसिलामा जनकपुर पुगेपछि बेपत्ता भएका हुन् । लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चिकित्सकको २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको पुनमकुमारीले बताइन् ।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?