सम्बन्ध विच्छेद गर्दै सीके राउत

लोकपथ
406
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) ले सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका छन् ।

राउतले गत भदौ १२ गते जिल्ला अदालत ललितपुरमा ‘अंश र सम्बन्धविच्छेद’ मुद्दा दायर गरेका हुन् ।

उनले आफ्नी श्रीमती सोनी सिन्धु रानीसँग सँगै बस्न नसक्ने भन्दै मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले लोकपथलाई जानकारी दिए ।

‘उहाँले गत भदौ १२ गते अंश र सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्नुभएको छ । मुद्दा अघि बढ्ने प्रक्रियामा रहेको छ,’ उनले भने, ‘उहाँले आफू श्रीमतीसँग बस्न नसकेको कारण उल्लेख गर्नुभएको छ ।’

सीके र सिन्धुबीच लामो समयदेखि सम्बन्ध तिक्ततापूर्ण रहेको बुझिएको छ । रानी भारतीय रहेको र उनी सधैँ माइतीमा मात्रै बस्ने गरेको, उनलाई नटेर्ने किसिमको रहेको कारण सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?