श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको यस्ता छन् कार्ययोजना (पूर्णपाठ)

लोकपथ
35
Shares

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनेदेखि बौद्धमार्गीहरुलाई नेपाल भित्र्याउनेसम्मका योजना प्रस्तुत गरेका हुन् ।

नेपाल र श्रीलंकाबीचका धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ र सार्थक बनाउन दूतावासमार्फत क्रियाशील रहने बताउँदै भनेका छन्, ‘लुम्बिनीको विकासको लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्नेछु । बौद्धमार्गी श्रीलंकालीका लागि बुद्धको जन्मभूमी नेपाल, खासगरी लुम्बिनी पवित्र तीर्थस्थल भएको हुँदा बढी से बढी संख्यामा धर्मावलम्बीहरुलाई नेपालको तीर्थाटन गराउन प्रचारप्रसारको माध्यमबाट उत्साहित एवं प्रोत्साहित तुल्याउने प्रयास गर्नेछु । यसबाट धार्मिक पर्यटन प्रवद्र्धनको लागि उल्लेखनीय सहयोग हुनेछ । यस्तै नेपाल र श्रीलंकाको भौगोलिक भिन्नताको मध्येनजर दुई देशबीचको पर्यटनलाई गुणात्मक एवं परिमाणात्मक रुपमा प्रवर्द्धनको लागि सक्रिय हुनेछु ।’

त्यस्तै नेपालका चिया उद्योगहरुको विकास र प्रवर्द्धनको लागि श्रीलंकाको अनुभव र प्रविधि आयात र अनुशरणका लागि पहल गर्ने बताए । साथै दुई देशबीच नियमित रुपमा विद्यार्थी आदानप्रदान कार्यक्रमलाई उपलब्धीमुलक ढंगबाट अघि बढाउन पहल गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?