विजय कृष्णमुर्तिले देखाए कोटिहोममा आम्दानी भन्दा बढी खर्चको हिसाब, साढे ७२ लाख घाटा भएको दाबी

लोकपथ
175
Shares

काठमाडौं । पशुपति मन्दिरमा साउन एक महिनासम्म आयोजना गरिएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका छन् ।

कोटी होम सकिएको झण्डै दुई महिनापछि बिहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको विवरणमा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएकोमा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उल्लेख छ । विवरणअनुसार, ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको देखिन्छ ।

उनले दिएको विवरणअनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ र क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको थियो ।

आयोजक कृष्णमुर्तिले महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको र यो रकम आयो भने बचत हुने बताए । उनले कबोल भएको रकम उठ्नेमा आशंका व्यक्त गरे ।

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरुदेखि नै विवादमा परेको थियो । विशेषगरी आयोजक विजय कृष्णमुर्तिको विगतलाई लिएर पनि उनीमाथि प्रश्न उठेको थियो । कोटिहोम सकिएकै दिन उनलाई पक्राउ गर्न प्रहरी परिचालन पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?