रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि आउने, ०८२ वैशाखमा महाधिवेशनको तयारी

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सबै तयारी पूरा गरेको छ ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले त्यसको तयारीबारे जानकारी गराएका हुन् ।

उनका अनुसार उक्त राष्ट्रिय भेलामा देशभरबाट करिब १५ सय हाराहारीमा हुने बताए । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा १३ सय प्रतिनिधि अटाउने भए पनि अतिरिक्त कुर्सीहरुको व्यवस्थित गर्ने तयारी गरिएको बुर्लाकोटीले बताए ।

उक्त राष्ट्रिय भेलामा केन्द्रीय प्रतिनिधिदेखि पालिकाका प्रतिनिधिसम्म अटाउन कोशिस गरेको जानकारी दिए ।

४ सय जति पालिकामा पार्टीको संरचना बनेको, २ हजार वडामा संरचना बनेको तर अहिले वडाबाट प्रतिनिधिहरु ल्याउन नकिएको समेत जानकारी गराए ।

पालिकाको तर्फबाट प्रतिनिधि छनोट हुने, निर्वाचन क्षेत्रका प्रतिनिधिहरु, जिल्लाका संयोजक सहसंयोजकहरु सहभागि हुने र प्रदेशको समिति, विभाव, आयोग र अन्य संयन्त्रबाट प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै केन्द्रीय समिति, केन्द्रीय विभाग र केन्द्रीय संयन्त्रहरु गरी २ हजार जति प्रतिनिधिहरु सहभागि हुने उनले बताए ।

उपत्यका बाहिरबाट आउने प्रतिनिधिहरुका लागि केही सहयोगीहरुबाट व्यवस्थापन गर्ने तयारी गरेको बताए । त्यस्तै रास्वपाको पहिलो महाधिवेशन २०८२ साल वैशाखमा गर्ने गरी प्रस्ताव आएको उनले बताए । तर त्यसमा मिति तय गर्नेदेखि अन्य कामहरु भने बाँकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?