बागलुङमा बाढीपहिरोमा १८ जनाको मृत्यु, २२ घाइते

लोकपथ
364
Shares

बागलुङ । बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।

यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । पहिरोमा परि २२ जना घाइते भएको हो । घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एकजना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेले जानकारी दिए ।

जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पु¥याउन थालेको थियो । बाढीपहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब एक सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?