स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

लोकपथ
49
Shares

काठमाडौं । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समितिले स्टार्टअप उद्यमशीलता विकास कार्यका लागि सहयोग गर्ने भएको छ । 

चेम्बर अफ कमर्स र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बरकाे भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्न सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा चेम्बर इन्नेभेशनका तर्फबाट समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका तर्फबाट महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका हुन् ।

चेम्बरले युवा उद्यमशीलता सम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता, लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्बन्धमा सहमति भएको हो । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । यसका साथै उनले  युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजगारी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?