‘भूपरिवेष्टित अवस्थिति देशको पूर्वाधार विकासको मुख्य चुनौती’

लोकपथ
42
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्टित अवस्थिति र जटिल भू–वनौट देशको पूर्वाधार विकासको मुख्य चुनौती रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा सिएनआइले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई  सम्बोधन गर्दै उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक रहेको बताए । 

उनले भने ,‘निश्चय नै हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भूपरिवेष्टित अवस्थिति र जटिल भू–वनौटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको छ । पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक छ ।’ 

उनले नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तत्पर रहेको बताए । 

वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी सम्भावनाहरुलाई उजागर गर्न पूर्वाधार विकासको अभियानमा सरकार समाहित हुन निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक रहेको उनको भनाई छ । 

उनले भने, ‘सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर छ । हामी वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी सम्भावनाहरुलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरु तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौँ । यसका लागि निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?