आईसीसी विश्वकप लिग-२ खेल्न सन्दीपलाई अमेरिकाले दियो भिसा

लोकपथ
357
Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आइसीसी विश्वकप लिग -२ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो ।

नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी-२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् भने फैसलाको पूर्णपाठ पनि आइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?