काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन् । बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरु चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताएका हुन् ।
उनले भने, ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए ।साथीहरुको भावनाअनुसार मैंले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमती भएको छ । साथसाथै दुईवटा पार्टीको बिचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबीच भएको सहमतिले देशभर खुसी ल्याएको छ ।’
साथै उनले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताए । उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरुलाई अग्रह गरे । उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया