काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘लिपुलेक भारतको हो’ भनेर विवादास्पद अभिव्यक्ति दिने सांसद एवं पार्टी उपमहासचिव मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ ।
चौधरीले भदौ २५ गते साँझ प्राइम टेलिभिजनमा लिपुलेक र कालापानीमा भारतले दाबी प्रस्तुत गर्ने बताएका थिए ।
‘…लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी हुन्छ, लिन पाउँछ,’ उनले भनेका थिए ।
पार्टी महासचिव घनश्याम भुसालले विभिन्न आधारले उक्त भूमी नेपालको रहेको बताउँदै विवादास्पद अभिवव्यक्तिबारे तीन दिनभित्र स्पष्टीकरण माग गरेका हुन् । साथै आफ्नो पार्टीले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमी रहेकोमा हस्ताक्षर गरी संविधानको अंग बनाउन भूमिका खेलेको स्मरण गराएका छन् ।
उक्त अभिव्यक्तिपछि चौधरीको चौतर्फी आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया