पोखरा । बागलुङमा आज शुक्रबार बिहान सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो ।
भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ । दुर्घटनास्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको कागजपत्र फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया