डेढ महिनापछि कोशी प्रदेश सरकारमा सहभागी भयो कांग्रेस, शेखर समूहको सहभागिता शून्य

लोकपथ
140
Shares

विराटनगर । पार्टीगतरुपमा लामो समयको रस्साकस्सीबीच अन्ततः नेपाली कांग्रेस आज शुक्रबार कोशी प्रदेश सरकारमा सहभागी भएको छ । तीन मन्त्री र एक राज्यमन्त्री लिएर कांग्रेस सरकारमा सहभागी भएको हो ।

उनीहरुले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । कांग्रेस सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकार १० सदस्यीय बनेको छ । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । उनी भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यसैगरी खगेनसिंह हांगाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । सरकारको नेतृत्व गरेर गएका राई र राज्यमन्त्री बनेका राजबंशी कृष्ण सिटौला पक्षधर हुन् भने हांगाम सभापति शेरबहादुर देउवा र मण्डल संस्थापनभित्रकै ज्ञानेन्द्रबहादुर कार्की निकट मानिन्छन् । कांग्रेसले गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको थियो । शेखर कोइराला समूहले दुई मन्त्रीको अडान नछाडेपछि सरकारमा सहभागिताका लागि ढिलाइ भइरहेको थियो । अन्ततः शेखर समूहबिना नै कांग्रेस सरकारमा सहभागी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?