बागलुङ जीप दुर्घटना अपडेट : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन

लोकपथ
154
Shares

पोखरा । मध्यपहाडी लोकमार्गअन्तर्गतको गलकोट नगरपालिका–२ को भुँखानीमा भएको सरकारी जीप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा रहेको पुष्टि भएको छ ।

दुर्घटनामा उनकै आमा ६१ वर्षीया गोपीमाया बुढाको पनि निधन भएको छ । तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । आज शुक्रबार बिहान पौने ९ बजे सो ठाउँमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा दुई जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?