डेंगु संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

लोकपथ
56
Shares

पर्वत । डेंगु संक्रमितको संख्या बढेसँगै जिल्ला अस्पताल पर्वतमा शय्याकाे अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये ६ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बास्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । 

अस्पताल संक्रमितले भरिभराउ छ । ६० शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको संख्या अधिक छ ।

सदरमुकाम कुश्मामा मात्र ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?