काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको छ ।
माओवादी केन्द्रले विभिन्न एजेण्डामाथि छलफल गर्न आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको हो ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को गतिविधि र सत्तापक्षले उपसभामुख हटाउन लागेको लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यसो त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया