काठमाडौं । सरकारले ऐतिहासिक पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवद्र्धनलाई औपचारिक रुपमा सम्मान गर्दै नगद हस्तान्तरण गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा एक औपचारिक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सम्मान गरेका हुन् ।
त्यस्तै सरकारले दिने भनेको ६५ लाख (कर कट्टी नगरी) समेत उनको खातामा पठाइएको जानकारी सो कार्यक्रममा जानकारी दिइयो । साथै उक्त समारोहमा पलेशाका प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र व्यवस्थापक टिमलाई २ लाख ९२ हजार रुपैयाँ प्रदान गरिएको हो ।
सरकारले राष्ट्रिय खेलकुद नियमावली अनुसार पलेशालाई सो रकम उपलब्ध गराएको हो । यसअघिको मन्त्रिपरिषद् बैठकले कर कट्टी गर्ने निर्णय गरेको थियो ।
पलेशाले ओलम्पिकमा दिलाएको उक्त पदक हालसम्मकै ठुलो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया