नेपाल प्रहरीमा २५६ असई र ६४ इन्स्पेक्टर माग

लोकपथ
77
Shares

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त सहायक प्रहरी निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विसका विभाग, वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले सूचना जारी गर्दै असईका लागि २५६ र इन्स्पेक्टरका लागि ६४ जनाको दरखास्त माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले जारी सूचनामा दिइएको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?