काठमाडौं । मोरङकाे मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोक जंगलस्थित सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्र.१–०२–०५२ प ४०६४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना मेची नगरपालिका–१ बाहुनडाँगी बस्ने ४५ वर्षीय कृष्ण थुलुङकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया