जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ आजदेखि सुरु

लोकपथ
77
Shares

काठमाडौं । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गर्दै जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ को प्रदर्शनी आज शुक्रबारदेखि सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबारसम्म चल्ने यो प्रदर्शनी नेपालको एक मात्र वृहत प्रदर्शनी हो ।

लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा लिएको यो प्रदर्शनीले १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा आयोजकले लिएको छ ।

यसका साथै होटेल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना – पसलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरूस क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशासमेत आयोजकले लिएको छ ।

प्रदशर्नीलाई भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शनलाई प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ ।

जीएआईले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्‍याउन ‘साना व्यवसाय मार्ट’ पनि सुरुवात गरेको छ । यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन्।

व्यापारको प्रचार–प्रसारका लागि जीएआई सबैभन्दा प्रभावकारी प्लेटफर्म रहेको र यसले ३ दिनमा हजारौँ सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?