आफ्नै घरकाे आँगनमा करेन्ट लागेर महिलाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । बर्दियाम आफ्नै घरको आँगनमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–५ बढैयाताल बस्ने ३० वर्षीया सुमित्रा थारूको आफ्नै घर आँगनमा रहेको पानी तान्ने विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?