सुनसरी । सुनसरीमा अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१० डेरा गरी बस्ने सोही उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय शम्भु काफ्लेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय १० मिलिग्राम र नगद ४७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया