आर्थिक रुपान्तरणका लागि पुँजीगत खर्च वृद्धिमा जोड

लोकपथ
35
Shares

काठमाडौं । स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका  थिए ।

छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे । काठमाडौंका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए ।

काठमाडौंका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्य योजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास,  खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औँल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?