अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल

लोकपथ
28
Shares

काठमाडौं । अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ वेष्टन अष्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।

फेस्टिभलका लागि अष्ट्रेलियाका विभिन्न सहरहरुबाट नेपाली समुदाय भेला भए । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरु पर्थमा भेला भएका थिए ।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ । फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरियो । 

नेप्लीज एशोसिएसन अफ वेष्टन अष्ट्रेलिया (नावा) पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरुले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?