संखुवासभामा ‘स्क्रब टाइफस’ परीक्षण गर्ने किट अभाव

लोकपथ
35
Shares

संखुवासभा ।  जिल्ला अस्पताल संखुवासभामा ‘स्क्रब टाइफस’को परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि ‘स्क्रब टाइफस’ परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि ‘स्क्रब टाइफस’को परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनका अनुसार जिल्लामा गत वैशाख यता ‘स्क्रब टाइफस’का तीन सय ३२ र डेंगु संक्रमित एक सय एक बिरामी भेटिएका छन् । 

‘स्क्रब टाइफस’ परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताए । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?