चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

लोकपथ
0
Shares

धनुषा । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ ।

कार्यालयले गत शैक्षिक सत्र २०८० मा २६ करोडको पुस्तक बिक्री गरेकामा चालु शैक्षिक सत्रको वैशाखदेखि साउनसम्ममा २३ करोड ३० लाखको बिक्री भएको जनाएको छ ।

सरकारको पूर्ण स्वामित्व रहेको कार्यालयबाट गत शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिए ।

उनका अनुसार चालु शैक्षिक सत्रमा कार्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका २२ लाख ६४ हजार ६ सय ८३ थान पुस्तक बिक्री गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?