कामना सेवा विकास बैंकद्वारा मुनाफाको १२ प्रतिशत लाभांश घोषणा

लोकपथ
210
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ ।

७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १२ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औँ वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।

योसँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व.२०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।

बैंकको शुक्रबार वसेको संचालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?