‘अल्पसंख्यक समुदायले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति अन्त्य गर्न कानुन संशोधन जरुरी’

लोकपथ
42
Shares

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति रहेको बताएकी छन् ।

आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको सम्बोधनमा सांसदहरुको भूमिका’ सम्बन्धी नीति संवादमा बोल्दै उनले जन्मेदेखि नै सामाजिक सुरक्षा कोषसम्म हरेक कुरामा अल्पसंख्यक समुदायले विभेद भोगिरहेको बताएकी हुन् । 

उनले भनिन्, ‘जन्मेदेखि मृत्युसम्म नै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका तेस्रो लिंगीहरुले बिना दोष हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति छ । परिवारदेखि नै लिएर समाज, राज्यबाट नै पीडित हुनुपरेको अवस्था छ । जन्मनु त हामी कसैको दोष होइन, जन्मेदेखि जन्मदर्ता भयो, विवाह दर्ता भयो, अन्तिमसम्म आउँदा सामाजिक सुरक्षा कोषको कुरासम्म आइपुग्दाखेरी हरेक काममा तपाईंहरुले विभेद भोगिरहनु भएको छ । रोजगारीको सवालमा पनि विभेद नै भैइरहेको अवस्था छ ।’

समाजमा चेतनाको विकास भइनसकेका कारण लैंगिक अल्पसंख्यकहरुले समाजमा अपमानित भएर बाच्नुपरेको उनको भनाइ छ । 

त्यस्तै, उनले समाजका सबैभन्दा बुझेका मानिसहरुबाट नै तेस्रो लिंगीहरु अपमानित हुनु परेको बताइन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा कानुनलाई नै संशोधन गरेर लग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?