प्रस्तावित १७ राजदूतको निर्णयका लागि बोलाइएको संसदीय समितिको बैठक स्थगित

लोकपथ
35
Shares

काठमाडौं । आजका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

प्रस्तावित १७ राजदूतहरुको सुनुवाइ सकिए पनि निर्णय भएको छैन । निर्णयका लागि आजका लागि बैठक बोलाइए पनि बैठक नै नसबी स्थगित भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार सदस्यहरुको बेस्तताका कारण बैठक स्थगित गरिएको हो ।

सरकारले छिमेकी देश भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती, डेनमार्कका लागि सुम्निमा तुलाधर, इजरायलका लागि धनप्रसाद पण्डितको नाम प्रस्तावित रहेको छ ।

त्यस्तै सरकारले साउदी अरबका लागि नरेशविक्रम ढकाल, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम प्रस्तावित छ ।

स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठको नाम सिफारिस भएको छ ।

उनीहरु सबैले आ–आफ्नो प्रतिबद्धता अनुसार कार्ययोजना समेत प्रस्तुत गरिसकेका छन् । उनीहरुको संसदीय सुनुवाइ सकिए पनि निर्णय हुन भने बाँकी रहेको छ ।

१७ जना मध्ये केहीमाथि भने उजुरी परेको छ । कपिलमान श्रेष्ठ, नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र विरुद्ध उजुरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?