हाइटीमा ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं ।  दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

सञ्चार माध्यमका  अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो । 

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह सहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने ६ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?