साताको पहिलो दिन नै शेयर बजार राताम्मे

लोकपथ
217
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा ५० दशमलव ७३ अंकको गिवरावट आएको हो । कुल १ दशमलव ९७ प्रतिशतले बजारमा गिरावट आउँदा शेयर बजार २ हजार ६ सय ३७ बिन्दुमा अड्किएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएकामध्ये २२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २२२ कम्पनीको शेयरमा गिरावट भएको नेप्सेले जनाएको छ ।

बजार घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ । नेप्सेका अनुसार आज १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


नेप्सेका अनुसार आज हिमालयन हाइड्रोपावर कम्पनी, रावा इनर्जी डेभलवमेन्ट लिमिटेड, एस्ट्रन हाइड्रोपावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै आर्जन गर्न सफल भएका छन् । यता थ्री स्टार हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सीईडीसी डेभलवमेन्ट लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा उतारचढाव देखिएको छ । त्यसो त अघिल्लो साता निरन्तर घटेको शेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने सुधार देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?