एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

लोकपथ
28
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले गत आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए । 

प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरु बापत एक हजार पाँच सय ४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो उठाएको जानकारी दिए । 

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा दर्ता भएका दुई सय एक वटा आरोपपत्रमध्ये गैर कानुनी लाभ हानिसँग सम्बन्धित ५८ वटा, घुस/रिसवतसँग सम्बन्धित ४८ वटा, झुटा/नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी ३४ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३३ वटा, राजस्व चुहावटसम्बन्धी १३ वटा, गैर कानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ वटा, र विविध विषयका ४ वटा रहेका छन् । उल्लेखित आरोपहरुबाट कूल १५४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो माग दाबी लिइएको छ ।’

उनका अनुसार सबैभन्दा बढी उजुरी परेका मन्त्रालयहरु भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योग मन्त्रालय रहेका छन् । 

उनले भने, ‘प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३८.९१ प्रतिशत रहेका छन् । त्यसपश्चात, कमशः शिक्षा (स्थानीय तहसमेत) १५.७९ प्रतिशत, गैर कानुनी सम्पत्ति आर्जन ६.९८ प्रतिशत, भूमि प्रशासन ६.४९ प्रतिशत, नक्कली शैक्षिक प्रमाण–पत्र ४.७१ प्रतिशत, वन तथा वातावरण ३.८२ प्रतिशत स्वास्थ्य तथा जनसंख्या ३.६८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात २.६१ प्रतिशत, गृह प्रशासन ३.५२ प्रतिशत, अर्थ २.१३ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ २.१० प्रतिशत खानेपानी तथा सहरी विकास १.६१ प्रतिशत र अन्य निकाय/क्षेत्रसँग सम्बन्धित उजुरीहरू १.६४ प्रतिशत रहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?